
विश्वभर काेराेना संक्रमित हुनेकाे संख्या ९१ लाख ८५ हजार पुगेकाे छ । । संक्रमित मध्ये ४ लाख ७४ हजार भन्दा बढिकाे मृत्यु भैसकेको छ । र हालसम्म विश्वभर काेराेना भाइरस संक्रमित भई उपचार पछि डिस्चार्ज हुनेकाे संख्या अाधा छन् । अर्थात ४९ लाख २१ हजार बढि पुगेकाे छ । याे समाचार तयार गर्दैगर्दा विश्वभर ४९ लाख २१ हजार ३८० जना डिस्चार्ज भैसकेका छन् । र हालसम याक्टिभ केस भने ३७ लाख ९० हजार ३ सय३७ रहेका छन् ।
हालसम्म विश्वभर क्लाेज भएका केस भने ५३ लाख ९५ हजार ६ सय ३७ रहेकाे काेराेना भाइरस गुगल लाइभ अपडेटले देखाएको छ । जसमध्ये मृत्यु हुनेकाे संख्या र डिस्चार्ज हुनेकाे संख्या पनि समावेश गरिएकाे छ । हालसम्म सबैभन्दा बढि संक्रमित रहेकाे देश अमेरिका छ , त्यपछि क्रमश ब्राजिल,रुस,इन्डिया,युके,स्पेन,पेरु अादि रहेका छन् । अमेरिकामा संक्रमितको संख्या २३ लाख ८८ हजार १५३ छ भने मृत्यु हुनेकाे संख्या १ लाख २२ नाघेकाे छ





