January 20, 2021, Wednesday
२०७७ माघ ७, बुधबार

यस्तो छ तीन दिनको मौसमको पूर्वानुमान

  • 5
    Shares

काठमाडौं, मंगलवार काठमाडौं उपत्यकासहित एक-दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमध्ये एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको हो ।

उनले भनिन, ‘आज साँझतिर पश्चिमी वायुको प्रभाव सुरु हुने संकेत पाइएको छ ।’, ‘त्यस्तो सम्भावना भयो भने हामी भरेतिर अपडेट जानकारी गराउने नै छौं ।’

तीन दिनको मौसमको पूर्वानुमान

मंगलबार

दिउँसो- प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र तराईका भूभागमा बाक्लो हुस्सु/कुहिरोको सम्भावना छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति- प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार

दिउँसो- प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली रहनेछ । साथै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति- प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली रहनुका साथै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार

दिउँसो- देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति- देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

शीर्ष समाचार

धेरै पढिएको