April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार

“निरन्तरको षडयन्त्रले जनता निराश भएपछि प्रधानमन्त्रीले ताजा जनादेशको बाटो रोजे”

बारा, उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले निरन्तरको षडयन्त्रले जनता निराश भएपछि प्रधानमन्त्रीले ताजा जनादेशको बाटो रोजेको बताएका छन् ।

नेकपा जिल्ला कमिटी बाराद्वारा सोमबार कलैयामा आयोजित जनसभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधान कमजोर बनाउने षडयन्त्र भइरहेको हुँदा सो षडयन्त्रविरुद्ध आफूहरू जनतासमक्ष जान तयार भएको स्पष्ट पारेका हुन् ।

प्रधानमन्त्रीले मुलुकमा नयाँ नेतृत्व ल्याउन खोजेपछि नेकपाका केही नेतालाई सह्य नभएको स्पष्ट पारे । उनले महामारीका कारण सीमा आसपासका जनता निराश बनेको चर्चा गर्दै केन्द्रीय विपद् व्यवस्थापन समितिसँग समन्वय गरेर बाराको मटिअर्वा र सिम्रौनगढको नाका खोल्ने बताए ।

कार्यक्रममा सहरी विकासमन्त्री प्रभु साहले अब निर्वाचन कसैले रोक्न नसक्ने दाबी गर्दै निर्वाचनको तयारीमा जुट्न आह्वान गरे ।

शीर्ष समाचार

धेरै पढिएको