January 16, 2021, Saturday
२०७७ माघ ४, आईतवार

आज राष्ट्रिय एकता दिवस मनाइँदै

  • 11
    Shares

काठमाडौं, राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्ती अर्थात् राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

हरेक वर्ष पुष २७ गते पृथ्वी नाराणशाहको जन्म जयन्ती हर्षोउल्लास पूर्वक मनाइन्छ । यस दिन केवल एउटा राजाको जन्म दिन मात्र नभई सिंगो नेपालको पहिचान अनि नेपालीपनको बिगुल फूकियकोे र झकझकाएको दिनको रुपमा लिईदै राष्ट्रिय एकता दिवसको रुपमा मनाईन्छ ।

उनी नेपालका एक विर गोर्खाली राजा मात्र नभई दक्षिण एसिया सम्म नै एउटा दुरदर्शी अनि राष्ट्रियताको प्रतिक नेतृत्वको रुपमा उनलाई हेरिन्छ ।

आधुनिक नेपालको खाका कोर्ने यीनै राजाले नै गोर्खामा दखेकोे काठमाडौको सपनालाई सिङ्गो नेपालमा रुपान्तरण गर्दै नेपालमा शाह वंशको ईतिहासको नयाँ आम प्रादुभाव गरेका हुन् ।

राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेव(वि.सं.१७७९-१८३१)नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए । वि.सं. १७७९ पौष २७ गते बिहिबार उनको जन्म भएको थियो ।

राष्ट्र निर्माता श्री ५ बड़ामहाराज पृथ्वी नारायण शाहदेवले स-साना राज्यहरूमा बाँडिएका बाईसे तथा चौबीसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने यिनी आधुनिक नेपालको राष्ट्रनिर्माताको रूपमा चिनिन्छन् ।

हामी धेरै टाडा नजाऊ हाम्रो छिमेकी राष्ट्र भारतमा कैयौ वर्ष मुगल साम्राज्य र अंग्रेजहरुले शासन गरे तर पनि उनले इतिहास जीवित राखेका छन ।

तर यस जन्म जयन्तीका दिन सरकारले भने सार्वजनिक विदा दिने गरेको छैन । यस्ता विर पुरुषका कारण आज हामि नेपाली भनेर शिर उच्च पार्दै गौरव गर्न पाएका छौ ।

शीर्ष समाचार

धेरै पढिएको