ड्युटीमा खटिएका एक प्रहरीमाथि कुटपिट
- hamro_kantipur
- २०७७ पुष २६

भक्तपुर, ड्युटीमा खटिएका एक प्रहरीमाथि कुटपिट भएको छ । सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवालले शनिबार राति प्रहरीमाथि हातपात गरेका हुन् ।
महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरीलाई सिलवालले हातपात गरेपछि उनलाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएकोमा उनले पुनः प्रहरी कर्मचारीहरुलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको सिसा समेत तोडफोड गरेका थिए । मदिरामा अत्याधिक मात्तिएकाले उनले यस्तो हर्कत गरेको प्रहरीले जनाएको छ ।सभार दृष्टि
शीर्ष समाचार
- प्रिमियर लिग: लिभरपुललाई ३–२ गोलले हराउँदै म्यानचेस्टर एफए कपको पाँचौ चरणमा प्रवेश
- पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च
- राष्ट्रिय जनगणना सुरु हुन १२४ दिन बाँकी, सामान खरिद र प्रश्नपत्र छपाइको काम सप्पन्न
- राजपत्रबारे इजलासमा वादविवाद
- चिनद्वारा पुर्वी लद्दाखमा सैनिक संख्या वृद्धि
धेरै पढिएको
-
स्वस्थानीको अर्थ के हो ?
२०७७ माघ ५
प्रतिकृया दिनुहोस्