January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

वर्तमान नेतृत्वमा समाजवाद आउन सक्दैन: माधव नेपाल 

  • 14
    Shares

लहान, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताएका छन् ।

सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा शनिबार आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ‘सरकार पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले’ वर्तमान नेतृत्वमा समाजवाद आउन नसक्ने बताए ।

उनले ‘पार्टी हित विपरीत गतिविधि देखाएकाले’ प्रधानमन्त्रीलाई कारवाही गरिएको स्पष्ट गरे । ‘पार्टीलाई एकताको भावनानुरुप तथा विधि र पद्धतिअनुरुप अघि बढाउन आग्रह गर्दा अध्यक्ष केपी शर्मा ओली त्यस विपरीत अघि बढ्न चाहेकाले यस्तो परिस्थिति आएको’ उनको भनाइ थियो ।

शीर्ष समाचार

धेरै पढिएको