January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आज हनुमानढोका आइपुग्दै 

  • 3
    Shares

काठमाडौं, गोरखा दरबारबाट गत मङ्गलबार शुरु भएको गोरखा–काठमाडौँ एकीकरण मार्ग पदयात्रा आइतबार साँझ हनुमानढोका दरबार आइपुग्दैछ ।

नुवाकोटको ककनी गाउँपालिका–५ बसपार्कमा आइतबार बिहान नेपाली सेनाको जबरजङ्ग गणले शम्शेरदल गणलाई गोरखा दरबारदेखि ल्याइएको राष्ट्रिय एकताको प्रतीक नेपालको राष्ट्रिय झण्डा र दीप हस्तान्तरण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


नेपाली सेनाको पहिलो पटक गठन भएका पाँच युनिटका झण्डा लिएर पदयात्रामा निस्केको सैनिक टोलीलाई तीनपिप्लेमा स्थानीयवासीले आइतबार नै पञ्चैबाजासहित स्वागत गर्ने छन् ।

उक्त पदयात्रा त्यसपछि मुड्खुगढी र थानागढी हुँदै बालाजु बाइपास–सोह्रखुट्टे–पकनाजोल–नरदेवी हुँदै हनुमानढोका दरबार पुग्ने कार्यक्रम रहेको निर्देशनालयले जानकारी दिएको छ ।

हनुमानढोकामा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गुठी, क्लब, सर्वसाधारणलगायतले स्वागत गरेपछि शम्शेर दल गणले हनुमान ढोकामा तैनाथ शार्दूलजङ्ग गुल्मलाई झण्डा हस्तान्तरण गर्नेछ ।

शीर्ष समाचार

धेरै पढिएको