
नेपालमा पुन नयाँ काेराेना संक्रमित ४२१ जना थपिएका छन् । योसँगै कुल सङ्क्रमित ९ हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । थप ३५७ जना पुरुष र ६४ जना महिला सङ्क्रमित भएका छन् । थप १९४ जना निकाे भएर डिस्चार्ज भएका छन् भने अाज सम्म २३ जनाकाे मृत्यु भएको छ । डिस्चार्ज हुनेमा आठ महिला र १६७ पुरूष रहेका छन् । याेसँगै १ हजार ७७२ निकाे भएका छन् । जम्मा निकाे हुने मध्ये १६२३ जना पुरुष र १४९ जना महिला रहेका छन् ।
र हालसम्म ७५ जिल्लामा संक्रमित पुगेकाे छ ।सबैभन्दा बढि संक्रमित हुने जिल्ला राैतहट रहेकाे छ । राैतहटमा हालसम्म १,११२ जना संक्रमित छन् निकाे हुने १२८ जना छन् । राैतहट पछि क्रमश , दैलेख,कपिलवस्तु ,सर्लाही ,महाेत्तरी,बाँके,सुर्खेत आदि छन् ।





