
सशस्त्र प्रहरी बलले उत्तरी सीमामा आफ्नो उपस्थिती तीब्र पारेको छ ।चीन जोडिएको हुम्लाको हिल्सा नाका सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ। समुद्री सतहबाट तीन हजार चार सय ४० मिटर उचाईमा रहेको हिल्सामा बीओपी स्थापना भएको हो ।त्यहाँ स्थापित बीओपीको शनिबार मात्रै उद्घाटन भएको छ। हुम्लास्थित ४४ नम्बर गुल्मले हिल्सामा इन्सपेक्टरको कमाण्डमा २३ जना खटाएका हुन् । मानसरोवर जाने एक मात्र मार्ग हिल्सा नाका हो । सशस्त्र प्रहरी बिओपी पोष्ट भाडाको घरमा स्थापना गरिएको छ । रिपाेटर्स नेपालबाट







