
क्वालालम्पुर मलेसिया – मलेसियाको जोहोरबारुमा सेतिया ट्रोपिकामा बिगत ७ महिनादेखि रेड फोर्स सेक्युरिटी सर्भिस एसडिएन बिएचडी नामक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि कामगर्दै आईरहेका दिनेश चौधरीको मृत्यु भएको सँगै बस्ने र सोही कम्पनीमा काम गर्ने नेपाली गंगा बहादुर गौतमले जानकारी गराएका छन् ।
गंगा बहादुरले बताए अनुसार नवलपरासी जिल्ला निवासी दिनेश चौधरी हिजो शुक्रबार राती खाना खाएर सुतेका थिए।करिबकरिब राती ०१:०० बजेतिर चौधरीको अच्चानक छात्ति दुखेर स्वास फेर्न गार्हो भएको जस्तो फ्याँ फ्याँ गरिरहेको १,२ मिनेट पछिनै मृत्यु भएको उनकाे भनाइ छ । तरपनि हामीले रातीनै स्थानीय एम्बुलेन्सलाई फोन गरेर डाक्टर सहित बोलायौँ तर डाक्टरले मृत घोषणा गरेकाे गौतमकाे भनाइ छ । रातीनै कम्पनीको म्यानेजर र पुलिस आएर मृतक चौधरीको शव पोस्टमार्टमको लागि अस्पताल लगिएको छ । मृतक चौधरीको घरमा श्रिमति र दुईजना छोराछोरी छन् ।





