
नेपालमा आज ३ सय ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमित संख्या ८ हजार ६ सय ५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमितमध्ये पुरुष २ सय ८२ र महिला ४९ जना छन् । कुल संक्रमितमध्ये पुरुष ७ हजार ८ सय ४९ र महिला ७ सय ५६ जना छन् । डिस्चार्ज हुनेकाे संख्या १५ सय ७८ पुगेका छन् । झापा, सुनसरी, मोरङ, महोत्तरी, सर्लाही, बारा, बागलुङ लगायत जिल्लामा नयाँ संक्रमित भेटिएका छन् ।






