
सिन्धुपाल्चोक तातोपानी – गत बर्षबाट सञ्चालनमा आएको तातोपानी नाकाबाट १ अर्ब ३४ करोड राजस्व संकलन भएको छ। २०७२ बैशाख मा आएको बिनासकारी भुकम्प र भोटेकोसी बाढीबाट थलिएको नेपाल चीन सीमा उत्तरी नाका तातोपानी गत बर्ष जेठ १७ बाट औपचारिक रुपमा सञ्चालनमा आएको थियोे । ४८ महिनापछी सञ्चालनमा आएको उत्तरी तातोपानी नाकाबाट निर्यात शून्य छ भने, आयातमा दिन प्रतिदिन वृद्धि भइरहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ्। तातोपानी भन्सार कार्यालयका अनुसार नेपालतर्फको भौतिक संरचनाको अभाव भएपनी ब्यापारमा बिस्तारै वृद्धि भएको जनाएको हो। नेपालतर्फको सडक गतिलो नहुदा समेत आयात भइरहेको कार्यालयको भनाइ छ।
अहिलेसम्म १ अर्ब ३४ करोड ८६ लाख राजस्व असुली भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन् । ।उनका अनुसार जेष्ठ महिनाको मात्रै राजस्व हेर्ने हो भने, २० करोड ३५ लाख असुली भएको छ। चीनमा कोरोना भाइरस फैलिएपछी बन्द भएको तातोपानी नाका नेपाल सरकारले नाका खोल्ने निर्णयपछि नाका खोलिएको हो। अहिलेसम्म यस नाकाबाट स्वास्थ्य सामाग्री, कृषि सामाग्री विभिन्न बिउबिजन र फलफुल भित्रीएको छ। यस बर्ष राजस्व असुलिको लक्ष्य राखिएको थिएन खत्रीले भने, आउने आर्थिक बर्ष साउनबाट राजस्व असुलिको लक्ष्य समेत तोकिने खत्रीले बताए।
स्वास्थ्य सामाग्री आयात भएसगै नेपाल अभाव भएको माक्स,सेनिटाइजर, फलफुल समेत सहज रुपले पाउन थालिएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताए। अहिले भौगोलिक समस्या भएपनी आयात रोकिएको छैन। असार मसान्त सम्म १ अर्ब ५५ करोड राजस्व असुली हुने अनुमान छ ।






