April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

“आमाको माया छात्रावास” बिरगंजको नवगठित कार्य समितिको अध्यक्षमा पुनः पारिख चयन

बिरगंज, जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित “आमाको माया छात्रावास ” बिरगंजको नवगठित कार्य समितिको अध्यक्षमा पुन भवरलाल पारिख चयन भएका छन् । भवरलाल पारिखको अध्यक्षतामा शनिबार २३ सदस्यीय कार्य समिति गठन भएको हो ।

कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार दारुका, उपाध्यक्षमा जयप्रकाश खेतान, महासचिवमा सुरेश शर्मा, सचिवमा कृष्ण कुमार खनाल, काेषाध्यक्षमा मनोज अग्रवाल, सहकोषाध्यक्षमा क्रमश पवन भंगरिया, गणेश खेतान सर्वसहमतिबाट चयन भएका छन् ।

सदस्यमा किशोर गुप्ता, रबिन्द्र बर्णबाल, अन्जनि खेतान, मरली जलान, आरती चौधरी, शिवम केडिया, सुभम केडिया, सन्जय मित्तल, अन्कुर भङर, घनश्याम शर्मा, द्वारका प्रसाद उपाध्याय, प्रेमचन्द्र गोयल, उमेश कानु चयन भएको छात्रावासका संरक्षक सुरेश रुङ्ग्टाले जानकारी दिएका छन् ।

त्यसैगरि संरक्षकमा सुरेश रुङ्ग्टा , माधव राज पाल, कपिलदेव तिवारी , रामचन्द्र सरार्फ र जयप्रकाश बर्णबाल चयन भएका छन् । छात्रावास संचालन गर्न विभिन्न समिति पनि गठन गरिएको छ । अर्थ समितिको अध्यक्ष पवन भंगरिया र सदस्यमा मनोज अग्रबाल, गणेश खेतान छन् भने जिन्सी समितिमा अध्यक्ष मनोज गाडिया सदस्यमा शिवम केडिया र सुभम केडिया रहने छन ।

भवन रेखदेख सन्जय मित्तल र राजकुमार दारुकाले, विद्यार्थी रेखदेख समितिमा घनश्याम शर्मा छन् भने बिज्ञापन समितिमा शिवम केडिया, सन्तोषमान रन्जितकार र अजित कुमार भुजेल रहने गरि समिति गठन गरेको रुङ्ग्टाले जानकारी दिए ।

भवरलाल पारिखको अध्यक्षतामा बिरगंज महानगर पालिका वडा न.१० बजरङ्ग टोलमा रहेको आमाको माया छात्रावासमा बसेको भेलाले सो निर्णय गरेको हो।हाल सो छात्रावासमा मुगु, नवलपरासी, बारा, कंचनपुर, रौतहटबाट आएका २ कक्षा देखि १० कक्षासम्मका २५ जना विद्यार्थीहरु बस्दै आईरहेको छात्रावासका प्रेम थुरुङ्गले बताए ।

आमाको माया छात्रावास नेपालका विभिन्न ठाउहरुमा संचालित रहेको छ । बिर्तामोड (झापा), मोतिराम टोल(बिराटनगर), रत्नसागर, जनकपुरधाम, धनुषा, बजरंगटोल, आदर्शनगर (बिरगंज ), चरिकोट (दोलखा), नवरत्नटोल (भरतपुर, चितवन), बिदुर (नुवाकोट), निलकन्ठ न.पा. धादिङ बेसि (धादिङ), कागेश्वरी मनोहरा-६, मुलपानी (काठमाडौं) र धनगढी न.पा. -५ तारानगर (कैलाली) मा संचालित रहेको र हरेक वर्ष थप गर्दै जाने रुङ्ग्टाले बताए ।

शीर्ष समाचार

धेरै पढिएको