
काेराेना भाईरसकाे बन्दाबनदिकाे कारण खाडि मुलुक लगाएत अन्य देशमा रहेका शव नेपाल ल्याउन सकेकाे थिएन । शुक्रबार खाडी मुलुकबाट चार्डर्ट विमान हुँदै नेपालीको शव नेपाल आइपुगेको छ । लकडाउनका कारण विदेशमा मृत्यु भएका नेपालीको शव उडान शुरु भए लगतै ल्याउने क्रम जारी रहेको छ । आज (शुक्रवार) बिहान कतार एअरवेजको चार्टर्ड विमानमा २० भन्दा बढि नेपालीको शव ल्याइएको हाे। कुवेतबाट जजिरा एयरले २ वटा शव र दुबईबाट आएको नेपाल एअरलाइन्सले एक जनाको शव ल्याएको बुझिएको छ ।







