January 23, 2021, Saturday
२०७७ माघ १०, शनिबार

ढाका टोपी ढल्काउँदै कपिलवस्तुमा मनाइयो टोपी दिवस

  • 12
    Shares

कपिलवस्तुमा ‘मेरो देश मेरो गौरव, मेरो संस्कृति नेपाली टोपी हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आज कपिलबस्तु-४ जीतपुर चोकमा राष्ट्रिय टोपी दिवस मनाईएको छ ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलोपटक टोपी बनाएर यसदिन उपहार दिएको संस्कृतविद्को भनाई छ ।

सो कार्यक्रम मायादेवी मिडिया ग्रुप, बाणगंगा वैङ्कर्स क्लव र हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलको संयोजनमा सम्पन्न भएको थियो ।

टोपी दिवसले नेपाली टोपीको पर्वद्धनमा सहयोग पुग्ने र देशभित्र पनि टोपी संस्कारले प्रोत्साहन पाउने कार्यक्रममा उपस्थित वक्ताहरुले विश्वास लिएको धारणा ब्यक्त गरेका थिए ।

अंग्रेजी पात्रो अनुसार जनवरी एक तारेखमा विभिन्न देशमा उत्सव हुने र त्यस अवसरमा नेपालीपनको प्रयोग गर्न र नेपालीहरुमासमेत पर्वजस्तो उल्लासमय बनाउनका लागि नेपाली टोपी दिवसका रुपमा मनाउन थालिएको हो ।

टोपी दिवसले नेपाली र नेपाली मुलका नागरिक भएका सबै देशमा नेपाली पनको निरन्तर खोजी तथा त्यसको संरक्षण र प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

शीर्ष समाचार

धेरै पढिएको