January 26, 2021, Tuesday
२०७७ माघ १३, मंगलवार

अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरू, विश्वभर शान्ति, समृद्धि र खुशीको वर्ष हुने अपेक्षा

  • 12
    Shares

काठमाडौं, अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरू भएको छ । नेपाली समयअनुसार बिहीबार मध्यरातबाट नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ ।

सन् २०२० विश्वका लागि कष्टपुर्ण बने पनि नयाँ वर्ष २०२१ भयरहित शान्त, समृद्ध र खुशीको वर्ष हुनेमा विश्वभरका नेताहरूले अपेक्षा गरेका छन् ।

अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड, मलेसिया, सिंगापुर, क्यानडा, भारत लगायतका मुलुकमा आतिसवाजीसहित नयाँ वर्ष २०२१ लाई स्वागत गरिएको छ । तर, कोरोना भाइरसको नयाँ स्ट्रेन तथा तेस्रो लहरको पीडाकाबीच संसारभर खास उल्लास देखिएको छैन ।

सन् २०१९ को अन्त्यतिरबाटै सुरू भएको कोरोना महामारीको असरले अहिलेसम्म छाडेको छैन । यसको सबैभन्दा बढी मार सन् २०२० मा देखियो ।

विश्वलाई नै एकैचोटी ठप्प पारेको र अधिकांशलाई प्रभावित कोरोनाभाइरसको महामारीका कारण यो बर्ष लामो समयसम्म स्मरणीय बर्ष बन्ने भएको छ ।

सन् २०२० लाग्दा नलाग्दै सुरु भएको कोरोनाको महामारीले सवै क्षेत्रलाई प्रत्यक्ष मारमा पार्‍यो भने वर्षभरी कोरोना नै केन्द्रविन्दुमा रह्यो । कोरोना महामारीबीचमा पनि यस वर्ष धेरै महत्वपूर्ण घटनाहरु भए ।

शीर्ष समाचार

धेरै पढिएको