
मुग्लिन–नारायणघाट सडक खण्डको कालीखोलमा गएको पहिरोले गर्दा सो खण्डमा सवारी आवागमन अवरुद्ध हुन पुगेको छ । तीन दिन पहिला उक्त स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । सो सडक खण्डमा सयौं सवारी साधन रोकिएको यात्रुहरुले बताएका छन् । यात्रुहरसका अनुसार कालीखोलाबाट नारायणघाट र मुग्लिन दुवैतर्फ सवारी साधनहरु लामो जाममा परेर सडक अवरुद्ध बन्दा सयौ सवारी साधन र एम्वुलेन्स समेत रोेकिएको बताउछन् । चितवन प्रहरीले पहिरोका कारण सडक अवरुद्ध भएको भन्दै खुलाउने प्रयास भइरहेको जनाएको छ ।







