January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

नेपाली कांग्रेस बाराद्वारा संसद विघटनविरुद्ध प्रदर्शन

  • 2
    Shares

बारा, नेपाली काङग्रेस बाराद्वारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा संसद विघटन विरूद्ध प्रदर्शन गरेको छ ।

बारा क्षेत्र नं. १ कोल्हबीमा आयोजित विरोधसभा क्षेत्रीय सभापति विजयशंकर यादवको अध्यक्षतामा भएको थियो भने पूर्वमन्त्री उमाकान्त चौधरी, चन्द्रशेखर यादव, उपेन्द्र जैसवाल, किशोर नेपाल, रामनरेशकान्त कुशवाहा, महेश कुवर, रामदुलारी घलेलगायतले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध विरोध गरेका थिए ।

सो विरोध कार्यक्रममा सीता मैनालीले स्वागत र सिकेन्द्र पासवानले सहजीकरण गरेका थिए । यसैगरी बाराको क्षेत्र नं. २ को बगडमपुरमा आयोजित विरोधसभालाई केन्द्रीय सदस्य राधेचन्द्र यादवले सम्बोधन गरेका थिए । क्षेत्रीय सभापति रामप्रवेश यादवको अध्यक्षतामा समपन्न भएको थियो । क्षेत्र नं. ३ को कलैया उपमहानगरमा आयोजित विरोधसभालाई केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फर्मुल्लाह मन्सुरले सम्बोधन गर्दै नेपाली कांग्रेसले संसद पुनस्थापना गरेरै छाड्ने बताए ।

उनले संसद विघटन संविधान विपरीत भएको भन्दै नेपाली कांग्रेसले संविधान विपरीत कार्य कदापि स्वीकार्य नहुने बताए । जिल्ला सभापति जयचन्द चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रीय सभापति मुकेश कुशवाहा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसैगरी, बारा क्षेत्र नं. ४ को जीतपुरसिमरा उपमहानगर नगरपालीका सिमरामा आयोजित विरोधसभा कार्यक्रका प्रमुख अतिथी पाटीका केन्द्रीय सदस्य बृजलाल यादव, पूर्व सचेतक शोभाकर पराजुली, परवानीपुर गाउँपालीकाका मेयर पदका उम्मेदवार लालबाबु यादवले वर्तमान सरकारले कानुन बिपरित कार्य गरेको र यसबाट मुलुक ठुलो संकटमा परेकोले सरकारको यो नियर्णलाई घोर भत्सर्ना गर ।

यसैगरी बारा जिल्लाका १६ वटै स्थानिय तहका प्रमुद उम्मेदवारले संसद विघटनको विरोध गरेका थिए । कार्यक्रममा पाटीका नेता, कार्यकर्ता, महिला सदस्य लगायत हजारौको संख्यामा नागरिकहरुको सहभागिता रहेको थियो । आजको बिरोध रैली प्रसौनी बजारबाट सुरुभई बाराको बिभिन्न पालकिा हुदै कोण सभामा परिणत भएको थियो । कार्यक्रम क्षेत्रीय सभापति सुनील गुप्ताको अध्यक्षतामा समपन्न भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको