संसद विघटनकाे निर्णयविरुद्ध सर्लाहीमा बिराेध प्रदर्शन
संसद विघटनको निर्णय विरुद्ध सर्लाहीमा मशाल जुलुस भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्लाहीले सोमबार साँझ सर्लाहीको सदरमुकामकाे मलागंवामा संसद विघटनको निर्णय विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको हो ।
संसद विघटन निर्णय खारेजको माग गर्दै जिल्ला विकस, समिती चौक देखि सुरु भएको प्रदर्शन बजार बालमन्दिर हुदै नगर पालिका चौकमा समापन गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व श्रम रोजगार तथा सामजिक विकास मन्त्री रामेश्वर राय यादव केन्द्रीय सदस्य, अचुत्तम काफ्ले, जिल्ला सचिव, कमल बुढाथोकी,प्रदेश सदस्य, राज कुमार यादव,युवा संघका जिल्ला अध्यक्ष , अखिल का जिल्ला अध्यक्ष, जिल्ला सदस्य लगायतका नेता कार्यकर्ता तथा आम जनताको उपस्थिति रहेकाे थियाे ।
उनिहरुले मशाल राखे जुलुस निकालेका थिए भने चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे । कोणसभालाई नेकपाका युवा नेता नबिराज खानले र युवा संघ का अध्यक्ष र पूर्व मन्त्री रामेश्वर राय यादवले सम्बोधन गरेका थिए ।
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधि सभा विघटनको विरुद्ध मशाल जुलुस प्रदर्शन गरेको नेता खानले जानकारी दिएका छन् । जनताले लामो संघर्षपछि प्राप्त गरेका उपलब्धिमा प्रधानमन्त्री ओलीले जफत गरेकाे नेकपाका सर्लाही जिल्ला युवा नेता खानकाे आरोप छ ।
दुई तिहाइ बहुमत प्राप्त प्रधानमन्त्री ओलीले बहुमतको सदुपयोग गर्न नसक्दै असंवैधानिक रुपमा संसद विघटन गर्ने निर्णयको ठाडो विरोध गरेको पनि नेता खानकाे भनाइ छ ।
प्रधानमन्त्री ओलीले जनादेश विपरीत ल्याएको संसद विघटन प्रस्ताव फिर्ता नलिए आन्दोलन अझै चर्कने पनि उनकाे भनाइ छ ।
प्रतिकृया दिनुहोस्