January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

भोलेन्टियर समुह बिरगंजद्वारा नारायणी अस्पतालमा कार्यरत डा. पाठकलाई सम्मान

  • 1
    Share

बिरगंज, भोलेन्टियर समुह बिरगंजद्वारा डा. निरा पाठकलाई सम्मान गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको जोखिम नेपालमा पनि बढिरहेको छ ।

यसैबीच बिरगंजमा कोरोना महामारीको जोखिमपूर्ण समयमा अग्रपंक्तिमा रहि, आफ्नो र आफ्नो परिवारको कुनै पर्वाह नगरि निरन्तर नारायणी अस्पतालमा स्वाब संकलन गर्नुका साथै कोरोना पिसिआर ल्याबको सन्चालनमा अविस्मरणीय एवम अतुल्य भुमिका निर्वाह गरेकी डा. निरा पाठकलाई एक कार्यक्रमले आज सम्मान गरेको छ ।

बिरगंजको होटल कन्ट्रि ईनमा सोमबार भोलेन्टियर समुह बिरगंजका संयोजक राजन श्रीवास्तवको अध्यक्षतामा भएको सो सम्मान कार्यक्रमका प्रमुख अतिथि पर्सा प्रहरीका प्रहरी उपरीक्षक गङ्गा पन्तले डा. निरा पाठकलाई अबिर फुलमालाका साथै सम्मान- पत्र दिएर सम्मान गर्नु गरेका थिए । नेपाल होटेल व्यवसायी सघ पर्साका अध्यक्ष हरि पन्तले मायाको चिनो दिएर सम्मान गरेका थिए ।

यसैगरी नेपाल होटल व्यवसायी सघ पर्साका सचीव, नेपाल पत्रकार महासघ पर्साका सदस्य एवं प्रेस संगठन पर्साका अध्यक्ष निरज पिठाकोटे मगर, पत्रकार सुरेश बिडारीलगायत भोलेन्टियर समुहका टिमले अबिर लगाई डा. पाठकको सफल कार्यको लागि शुभकामनासमेत दिएका थिए ।

सम्मान कार्यक्रममा जनस्वास्थ्य शाखाका जयमोद ठाकुर, हेमा थापा मानन्धर, शिवनाथ यादव, सन्चारकर्मी अजित भुजेल, कबिता खड्का लगायतको उपस्तिथि रहेको थियो । स्वागत मन्तव्य हरि पन्तले र कार्यक्रमको सहजीकरण किशन सरार्फले गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको