March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

कञ्चनपुरमा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु

कञ्चनपुर, कञ्चनपुरमा ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । बेलौरी नगरपालिका –४ शान्तिपुरमा वडा नम्बर १० का २५ वर्षीय बहादुर रानाको मृत्यु भएको हो ।

बेलौरी–कलुवापुर सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ गइरहेको सु प प्र ०१–००२ त ४१७३ नम्बरको ट्रयाक्टरबाट खसेका राना घाइते भएका थिए । उनको धनगढीको निसर्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिएका छन् ।

मृतक रानाको शव पोष्टमाटमका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको छ । चालक बेलौरी नगरपालिका –१० भूडाकै २३ वर्षीय महेश रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको