February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

युवकको यस्तो अनौठो कामलाई सबैले गरे प्रशंसा

काठमाडौं, एक युवकले एक यस्तो अनौठो काम गरेका छन् । जसलाई देखेर सामाजिक सञ्जालमा सबैले तारिफ गरेका छन् । अभिजीत दोवराह नामका युवाले पुरानो भिटी सेटको प्रयोगबाट कुकुरका लागि घर बनाएका छन् ।

उनले आफ्नो उक्त कामको तस्वीर इन्स्टा एकाउन्टमा राखेका छन् । यो तस्वीर हेर्ने जति सबैले उनको कामका लागि धन्यवादका साथै प्रशंसा गरेका छन् । अहिले यही कामका कारण सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ ।

अभिजीतले चिसोको मौसम र वर्षातलाई मध्यनजर गर्दै सडक किनारामा कुकुरका लागि बस्ने व्यवस्था मिलाएका हुन् । यी टिभीसेट पुरानो मोडलका छन् । अहिले अधिकांशको घरमा नयाँ एलइडी लगाइएका छन् । पुराना भिटीसेट त अब केवल कवाडखानामै देखिन्छन् । मानिसहरु नयाँ प्रविधिसँगै पुराना सेटहरु फ्याँक्दै आएका छन् ।

उनले तिनै पुराना टिभी सेटको प्रयोगबाट सडक किनारामा कुकुरका लागि बस्ने घर बनाएका छन् । जसलाई यो चिसो मौसमबाट बचाउन निकै मद्दत गर्नेछ ।

अभिजीतले इन्स्टामा तस्वीर शेयर गर्दै भनेका छन्, ‘पछिल्लो केही समयदेखि देखिरहेको थिए, चिसो र वर्षातमा कुकुरहरु निथ्रुक्क काँपिरहेका हुन्थे । कैयौं कुकुर त गाडीमुनि कुल्चिएर पनि मरेका छन् । एक दिन मैले साँचे कि यिनीहरुको लागि घर बनाउनुपर्छ भनेर । मैले केही टिभी सेटको सहयोगले उनीहरुको लागि बस्ने घर बनाए । यो कामले मेरो मनमा निकै सन्तुष्टि प्राप्त भएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको