February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

चिनले एकलौटी ढंकबाट नाका बन्द गरेको भन्दै तातोपानीमा स्थानीयद्वारा विरुद्व प्रदर्शन

  • 12
    Shares

सिन्धुपाल्चोक, चिनले औपचारीक रुपमा नाका खुल्ला गरेको भनिएपनि एकलौटी ढंकबाट नाका बन्द गरेको भन्दै स्थानीयबासीहरुले शनिबार दिउँसो नाकामै पुगेर चीन विरुद्ध प्रदर्शन गरेका छन् ।

नाका खोलेको नाटक किन, अघोषित नाकाबन्दी अन्त्य गर, सीमाबासीलाई सुरक्षाको प्रत्याभुती दे, मजदुरको रोजीरोटी सुनिश्चित गर, व्यवसायीको रोकिएको सामान ल्याउने वातावरण दे लगायत लेखिएका प्ले कार्ड बोकेर सयौंको संख्यामा स्थानियबासीहरु प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनमा सहभागी स्थानीयबासी तथा नेपाली काँग्रेसको भातृ संठगन तरुणदलका जिल्ला अध्यक्ष दोर्जे लामाले चीनको अघोषीत नाकाबन्दीका कारण समस्यामा परेका स्थानीयबासी तथा व्यवसायीहरु बाध्य भएर प्रदर्शनमा उत्रनु परेको बताएका छन् ।

लामाले भने, ‘छिमेकी मुलुक चिनले नाका खुला भएको जनाएपनि व्यवहारमा त्यस्तो देखिदैन । उसको खुसीले खुल्ने र उसको खुसीले बन्द गर्ने काम भइरहेको छ । नाका खुला भनिएपनि अहिले अघोषित नाकाबन्दी कायमै छ । यसले व्यवासायी तथा मजदुरको रोजीरोटी गुमेको छ । भोको पेटमा लात हान्ने काम भएको छ ।’

शीर्ष समाचार

धेरै पढिएको