March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

लम्कीचुहामा एकहप्ते सिकर्मी तथा डकर्मी तालिम शुरु

  • 16
    Shares

कैलाली, जिल्लाको लम्कीचुहा नगरपालिमा एक हप्ते सिकर्मी तथा डकर्मी तालिम शुरु भएको छ । युएसएआडीकाे आर्थिक सहयाेगमा तयार नेपाल परियोजनाको आर्थिक पुनर्लाभ कार्यक्रममार्फत ट्रेस प्रालि धनगढीकाे आयोजना तथा लम्कीचुहा नगरपालिका कार्यालयकाे सहकार्यमा उक्त तालिम शुरु भएको हो ।

सो तालिममा कोभिड-१९ का कारणले रोजगारी गुमाएर भारतलगायत तेस्रो मुलुकबाट लकडाउनको समयमा नेपाल फर्किएकाहरु सहभागी छन । लम्कीचुहा नगरपालिकाका उपप्रमुख टीका थापाले आज लम्कीमा सिकर्मी तालिमको उद्घाटन गरेका हुन् । त्यसैगरी डकर्मी तालिम लम्कीचुहा नगरपालिका वडा नम्बर ४ गिधिनियामा हिजोदेखी शुरु भएको हो ।

तालिम उदघाटन कार्यक्रममा लम्कीचुहा नगरपालिकाका नगर उपप्रमुख टीका थापा, तयार नेपाल आर्थिक पुनर्लाभ कार्यक्रमका प्रबन्धक अनिल न्यौपाने, ट्रेस प्रालिका प्रबन्ध निर्देशक छत्र बम, तयार नेपालका प्रेमलाल कुश्मी, धर्मप्रसाद बजगाई, ट्रेस प्रालिका परियोजना प्रबन्धक चक्र बम लगायतकाको उपस्थिति रहेको थियो । एकहप्ता सम्म संचालन हुने सिकर्मी तालिममा दस जना तथा डकर्मी तालिममा दस गरि बिसजनाको सहभागिता रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको