
रौतहट,- रौतहट चन्द्रनिघाहापुरका रिक्साचालक समाजसेवी केदार तिमल्सिना ले आफ्नाे ४ दिनकाे कमाइले १८ परिवारलाई खाद्यान्न सामाग्री सहयाेग गरेका छन् । ती १८ विपन्न परिवारहरुलाई तिमल्सिनाले मंगलबार खाद्यान्न सामाग्री सहयाेग गरेकाे हाम्रो कान्तिपुर लाई जानकारी गराएका छन् । ती परिवारकाे अबस्था नाजुक भएको कारण आफुले कमाएको केही रकम बाट चामल , तेल,नुन अादि खरिद गरि सहयोग गरेका रिक्सा चालक तिमल्सिनाकाे भनाइ छ ।
लकडाउन अबधि भरि पनि सहयाेग गरिरहेका उनले चन्द्रपुर नगरपालिका वडा नं.७ का अति विपन्न परिवारहरुलाई चुलाे बाल्न र मानव रक्षाका लागि घरमै उक्त सामाग्री हस्तान्तरण गरेका छन् । याे भन्दा पहिला पनि तिमल्सिनाले न्यानाे कपडा वितरण , स्कुलका विद्यार्थीहरुलाई कापी कलम र झाेला लगायतका सहयाे हस्तान्तरण गर्ने गरेका थिए । आफु निरन्तर विपन्न परिवारलाई सहयाेग गरि साथ दिइरहने रिक्सा चालक तिमल्सिनाले बताए ।







