March 2, 2021, Tuesday
२०७७ फाल्गुन १८, मंगलवार

चिनियाँ उपमन्त्री गुओ येझाउ नेपाल आउँदै

  • 43
    Shares

काठमाडौं, चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेपाल आउने भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विवाद उत्कर्षमा पुगेको बेला हुन लागेको यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

चिनियाँ राजदूत हाउ यान्छीले नेकपाका शीर्ष नेताहरुलाई भेटेर उपमन्त्री गुओको भ्रमणको बारेमा जानकारी गराएकी थिइन् ।

यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, शुक्रबार अर्का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पूर्व सभामुख कृष्णबहादुर महारासँग भेटघाट गरेकी थिइन् ।

उपमन्त्रीसँगै एक प्रतिनिधि मण्डल आइतबार काठमाडौँ आउने छ । उनि यसअघि सन् २०१८ मा पनि नेपाल आइसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको