February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

भोजपुरमा बोलेरोले किचेर चालकको घटनास्थलमै मृत्यु

भोजपुर, भोजपुरमा बोलेरोले किचेर चालकको मृत्यु भएको छ । भोजपुर नगरपालिका–५ काउलेमा बोलेरोले किच्दा चालकको ज्यान गएको हो ।

शुक्रबार बिहान ६ः३० बजे मे१ज २९८८ नंको बोलेरोले किच्दा चालक ३८ वर्षीय प्रेमकुमार तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
 
आफैँ साहु तथा चालक रहेका तामाङलाई गाडी स्टार्ट नभएपछि मर्मत गर्ने क्रममा पछाडि सरेर किचेको प्रहरीले बताएको छ । तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको