March 7, 2021, Sunday
२०७७ फाल्गुन २४, सोमबार

क्रिश्चियन धमावलम्बीहरुले आज ‘क्रिसमस डे’ मनाउँदै

  • 1
    Share

काठमाडौं, क्रिश्चियन धमावलम्बीहरुले आज ‘क्रिसमस डे’ मनाउँदै छन् । २५ डिसेम्बरमा इसाइ धर्मका प्रणेता जिसस क्राइस्ट जन्मिएको दिनको अवसरमा ‘क्रिसमस डे’ मनाइदै आएको छ । शुभकामना तथा उपहार साटासाट गर्दै यो दिन मनाउने गर्छन् ।

क्रिश्चियन धर्मका प्रणेता जिससको जन्म दिनको अवसरमा दुई हजार १९ वर्षअघिदेखि यो पर्व मनाउन थालिएको हो । उनकै सम्झनामा इस्वी सम्वत सुरु भएको विश्वास गरिन्छ ।

कोभिड–१९ का कारण विगत आठ महिनादेखि ठप्प बजार विस्तारै खुल्न थालेपछि नेपालमा पनि क्रिसमसको माहोल तातेको छ ।

क्रिसमस सुरु हुनु साताअघिदेखि नै ‘क्रिसमस ट्रि’ बनाएर घरपसलमा सजाउने गर्छन् । साँझपख घरघरमा दीपावलीसमेत गरिन्छ । क्रिसमस अघिल्लो साँझ रमाइलो गरी ‘प्रभु इसु’को सम्झनामा ‘क्रिसमस इभ’ मनाउने परम्परा पनि छ ।

पश्चिमा देशमा क्रिसमसका अवसरमा लामो बिदा दिइन्छ । नेपालमा समेत पछिल्ला वर्ष २५ डिसेम्बरमा बिदा दिने गरिएको छ ।

२०६३ सालमा तत्कालीन व्यवस्थापिका संसद् बैठकले ‘नेपाललाई धर्म निरपेक्ष राष्ट्र’ घोषणा गरेपछि यस पर्वले थप व्यापकता पाएको हो ।

शीर्ष समाचार

धेरै पढिएको