February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु 

  • 3
    Shares

कास्की, पोखरामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जाकी महिला र तनहुँका पुरुषको बुधबार साँझ मृत्यु भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार तनहुँको म्याग्दे गाउँपालिका–५ का ७३ वर्षीय पुरुषको मृत्यु भएको हो। उनमा बुधबार नै कोरोना पुष्टि भएको थियो।

त्यस्तै पुस ९ गते कोरोना पुष्टि भएकी स्याङजाको फेदीखोला गाउँपालिका–१ कि ७४ वर्षीया महिलाको मृत्यु भएको हो ।

शीर्ष समाचार

धेरै पढिएको