विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु
- hamro_kantipur
- २०७७ पुष ९

विराटनगर, विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोरङको विराटनगर महानगरपालिका–१४ महत्तो टोलका ४० बर्षीय धजनलाल महत्तोको करेन्ट लागेर मृत्यु भएको हो ।
बुधवार दिउँसो साँढे ३ बजेको समयमा आफ्नै घर अगाडी रहेको कदमको रुखको हांगा झार्ने क्रममा रुखको हांगाले बिद्युतको मेन तारमा छुन गई करेन्ट लाग्दा रुखबाट झरेर घाईते भएका थिए ।
महत्तोलाई उपचारको लागी कोशी अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका ८:३० बजे मृत्यु भएको हो । सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
शीर्ष समाचार
- मोडल आर्यन कार्की अभिनित “बोलाइदेउ मलामि” गित सार्वजनिक
- पछिल्लो २४ घण्टामा ११२ जना काेराेना संक्रमित थपिए
- पशुपतिनाथ मन्दिरमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
- परिक्षा उत्तीर्ण गरेको एक महिनामा लाइसेन्स पाउने
- गोरखाका बारपाक- सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
धेरै पढिएको
-
अमेरिकाले डब्लूएचओलाई २० कराेड डलर सहयोग गर्ने
२०७७ फाल्गुन ६
प्रतिकृया दिनुहोस्