March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

स्वास्थ्य सामग्री खरिदको छानबिन अख्तियारलाई 

  • 2
    Shares

काठमाडौं, संघीय संसद्को सार्वजनिक लेखा समितिले कोरोना भाइरस महामारीका बेला गरिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियासम्मत नभएको ठहर गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले उक्त प्रकरणमा संलग्न पदाधिकारीमाथि थप छानबिन गरी दोषी पाइए कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गर्ने निर्णय गरेको छ । सार्वजनिक खरिद ऐन र नियमावलीको पालना नभएको जनाउँदै समितिले आइतबार पत्र पठाउने निर्णय गरेको हो ।

समितिका सचिव रोजनाथ पाण्डेले खरिद प्रक्रिया नियमसम्मत नभएको टुंगोमा समिति पुगेको बताए । ‘खरिद प्रक्रिया नियमसम्मत नभएको र यसमा संलग्न पदाधिकारीलाई करार गर्ने अवस्था सिर्जना भएको छ’, सचिव पाण्डेले भने, ‘यसको थप छानबिन गरेर दोषी पत्ता लगाउने र कारबाही पनि गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने निर्णय भएको छ ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बोलाएर बैठकमा छलफल गरिएको थियो । मन्त्री ढकालले कोरोना महामारीका बेला ओम्नी समूहसँग हतारमा स्वास्थ्य सामग्री खरिदको सम्झौता गर्नुपरेको बताए । मन्त्रिपरिषद्ले छिटो सामान खरिद गर्न सैद्धान्तिक अनुमति दिएकाले सोही आधारमा काम अघि बढाइएको ढकालको भनाइ रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

शीर्ष समाचार

धेरै पढिएको