February 25, 2021, Thursday
२०७७ फाल्गुन १३, बिहीबार

लुम्बिनी विकास कोष र सुरक्षाकर्मीद्वारा प्राचीन तिलौराकोट सरसफाई

  • 14
    Shares

कपिलवस्तु, गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा सरसफाई गरिएको छ । लुम्बिनी विकास कोष र सुरक्षाकर्मीको संयुक्त टोलीले तिलौरकोट दरबारमा सरसफाई गरेको हो । झारपातले कुरुप बन्दै गए पछि त्यहा सरफाई गरिएको कोषले जननाएको छ ।

भगवान गौतमबुद्धले जिवनको २९ वर्ष विताएको आफ्नो राजधानी कपिलबस्तु दरबार क्षेत्रलाई विगतका वर्ष देखि सबै झाडीहरुलाई हटाएर सुन्दर पार्कको रुपमा सफा गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले बताएका छन् ।

अन्तराष्ट्रिय तथा पुरातात्विक महत्वको उक्त दरबार क्षेत्रलाई पूर्ण सफा गर्न सुरक्षाकर्मीको योगदान महत्वपूर्ण भएको कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतिले बताए ।

सरसफाई पछि दरबार क्षेत्र पुन सुन्दर बन्ने र पर्यटकलाई उत्खनन् गरिएको क्षेत्र अवलोकनमा सहज हुने कोषका तिलौराकोट प्रतिनिधी माधव प्रसाद आचार्यले बताए । सरसफाई कार्यक्रममा लुम्बिनी विकास कोषका कर्मचारी र सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हे. क्वा कपिलबस्तुका ५५ जना सुरक्षाकर्मीद्धारा गरिएको छ । तिलौरकोट बिश्व संपदा सुचीमा सुचीकृत गर्न प्रस्तावित गरिएको स्थल समेत हो ।

शीर्ष समाचार

धेरै पढिएको