April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार

सभामुख अग्नि सापकोटाको मुद्दाको पेशी तोकियो

काठमाडौं, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको मुद्दाको पेशी तोकिएको छ । संवैधानिक परिषद् बैठक र नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला सोपकोटाको मुद्दा आजको पेशीमा चढेको हो ।
सापकोटाको मुद्दा यसअघि २०७६ फागुन ३० गते पेशीमा चढेको थियो ।

सो दिनमा हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाई सरेको थियो । हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाईको पेशी तोकिएको छ । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

सो रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ । सो मुद्दासँगै यसैसँग सम्बन्धित अन्य दुईवटा मुद्दा पनि आजको पेशीमा छन् ।

२०६२ वैसाख १६ गते काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका अर्जुन लामालाई माओवादी लडाकुले अपहरणपछि हत्या गरेका थिए ।

सो समयमा उक्त क्षेत्रको नेतृत्व अग्नि सापकोटा, कृष्णप्रसाद सापकोटा र सूर्यमान दोङले गरेकाले उनीहरुबाटै अपहरण भएको श्रीमती पुर्णिमाले सर्वोच्चमा पेस गरेको रिटमा उल्लेख गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको