March 3, 2021, Wednesday
२०७७ फाल्गुन १९, बुधबार

थ्रीकमद्वारा १५ जना युवालाई मोबाइल, ल्यापटप मर्मतसम्बन्धि नि:शुल्क तालिम प्रदान गरिने

  • 414
    Shares

काठमाडौं, थ्रीकम केयर कम्पनीले आगामी माघभित्र १५ जना युवालाई नि:शुल्क तालिम प्रदान गर्ने भएको छ । न्युरोडस्थित पिपुल्स प्लाजामा रहेको सो कम्पनीले मोबाइल, ल्यापटप र हार्ड डिस्क मर्मतसम्बन्धि नि:शुल्क तालिमको घोषणा गरेको हो ।

विगत ७ वर्षदेखि मोबाइल, ल्यापटप मर्मतका साथै मोबाइल, ल्यापटपका पाटपुर्जा बिक्री वितरण गर्दै आएको उक्त कम्पनिले युवा लक्षित आकर्षक प्याकेजको घोषणा गरेको हो ।

बढ्दो युवा विदेश पलायनको अवस्था रोक्नका लागि सरकारले बिशेष पहल गर्नमा ढिलाइ गरिरहेको अवस्थालाई मध्यनजर गर्दै युवालाई नि:शुल्क तालिमसँगै रोजगार पनि प्रदान गर्न लागेको सो कम्पनीका सञ्चालक बिपिन जैसवालले जानकारी दिएका छन् ।

उनका अनुसार नि:शुल्क तालिम सेवा लिई रोजगार गर्न इच्छुक युवाहरुको लागि माघ महिनामा इन्टरभ्यु लिइसक्ने र फागुन १ गतेबाट तालिम सुरु हुन्छ । इच्छुक युवाले तल दिइएको नम्बरमा सम्पर्क गरि बिस्तृत जानकारी सेवा लिन सक्ने उनले बताए । ९८०१०३७०४०/ ९८५१२३७०४०

शीर्ष समाचार

धेरै पढिएको