February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

एलिजा फाउन्डेशनले देशका विभिन्न जिल्लाका विकट गाउँमा घर बनाउने

काठमाडौं, नायिका तथा मोडल एलिजा गौतमले एलिजा फाउन्डेशनको तर्फबाट देशका विभिन्न जिल्लाका विकट गाउँमा घर बनाउने बताएकी छिन् ।

संचारकर्मीसँग कुरा गर्दै एलिजाले भनिन्–‘चैत्र ११ गते परेको मेरो जन्मदिनबाट मैले यो कार्यको सुरुवात गर्न लागेकी हुँ । अहिले धादिङको विकट गाउँमा १० घर बनाउने तयारी छ । भूकम्परहित ३ कोठाको घर बनाएर मैले यो अभियानलाई सुरु गर्न लागेकी हुँ ।’


एलिजाका अनुसार, देशका विभिन्न जिल्लामा रहेका अती विकट गाउँमा पुगेर घर बनाउने अभियान चैत्र ११ गतेबाट सुरु हुनेछ । नेपाली चलचित्र ‘अनुराग’मा काम गरेर कला क्षेत्रमा प्रवेश गरेकी एलिजा अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् ।

एलिजाले यो अभियानमा आफूलाई विभिन्न क्षेत्रका मानिसहरुले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको बताइन् । उनी भन्छिन्–‘मैले विभिन्न समयमा विभिन्न कुराबाट प्रभावित मानिसहरुलाई सहयोग त गर्दै आएकी थिएँ । तर, अब घर नै बनाउने सोच आएको हो । यसमा सबैको साथ रहन्छ भन्ने आशा छ ।’

शीर्ष समाचार

धेरै पढिएको