March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

सन्तोष बीबीसी मास्टर सेफको टप ३ मा पुग्न सफल

काठमाडौं, नेपालका सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ २०२०’ प्रतियोगिताको शीर्ष तीनमा पुग्न सफल भएका छन् । ‘बीबीसी वान’ मा हिजो बुधबार राति प्रसारित फाइनल राउण्डको दोस्रो चरणमा उनी अघिल्लो चरणका लागि छानिएका हुन् ।

उनले उत्कृष्ट तीनमा पुग्नका लागि भुटेको चिउरा , भुटेको खुर्सानी र नुन, गोल्डेन पुरी, गँगटाको तरकारी, साँधेको भटमास, रायोको साग, जिम्बुले झानेको पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याज बनाएका थिए । उनको पाककलाको निर्णयकहरुले समेत खुलेर प्रशंसा गरेका थिए ।

नेपालको सिरहाका साहले फाइनलमा पनि नेपाली खानाकै परिकार बनाउने तयारी गरेको जानकारी दिएका छन् । प्रतियोगिताको फाइनल बिहीबार हुँदैछ । अन्तिममा पुगेका तीनमध्ये एकजना सेफ मास्टर सेफ च्याम्पियन हुनेछन् ।

शीर्ष समाचार

धेरै पढिएको