
प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितकाे भुमि नेपालको नक्सामा राखेपछि संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट दुई तिहाई भन्दा बढी मतले पारित भैसकेपछि युवाहरुले नयाँ नक्साको स्वागत गर्दै युवाहरुले दीप प्रज्ज्वलन गरेका छन् ।सहिद गेटमा राष्ट्रिय झन्डासहित जम्मा भएका केही युवाले नेपालको नक्सा बनाएर दिपावली गरेका हुन् ।





