January 16, 2021, Saturday
२०७७ माघ ३, शनिबार

भर्जिन युवतीलाई मात्र दिइन्छ स्कलरशिप

  • 8
    Shares

विश्वभरमा युवतीको भर्जिनिटीबारे सँधै विशेष मुद्दा बन्दै आएको छ । उनीहरुको कौमार्यमाथि र्मदेखि पवित्रतासम्मको दुहाई दिइने गरिन्छ । जर्मनीमा कुनै कम्पनी कौमार्य बिक्री गर्ने गर्दछ भने, दक्षिण अफ्रिकामा पवित्र रहने युवतीलाई स्कलरशिको अफर दिइन्छ ।

उधुकेलामा स्कुल, कलेज जाने भर्जिन युवतीलाई जिल्लाको महिला मेयर स्कलरशिप प्रदान गरिँदै आएको छ । मेयर डुडु मोजिबुकोले भने, ‘जबसम्म विद्यार्थी भर्जिन रहन्छिन् तबसम्म यो छात्रावृत्ति दिइनेछ ।’ स्करलशिपका लागि यहाँका युवतीलाई भर्जिटिनी कायम राख्नु अनिवार्य हुन्छ । एक अंग्रेजी साइटमा छापिएको खबरअनुसार साउ अफ्रिकाका स्कुल या कलेजमा विद्यार्थीमाथि भर्जिनिटी परीक्षण गर्नु संविधानले वर्जित गरेको छैन ।

उथूकेलाका मेयरको अफिसले हरेक वर्ष एकसय भन्दा बढी भर्जिन विद्यार्थीलाई स्कलरशिप दिँदै आएको छ । मेयरको अफिसले भनेको छ, ‘यो स्कलरशिप तबसम्म चालु रहनेछ, जबसम्म युवतिहरु आफ्नो भर्जिनिटी कायम राख्नेछिन् ।’दक्षिण अफ्रीकाकी यी मेयरले यो स्कीम उड्को खतराबाट बच्नका लागि यो कदम उठाएकी हुन् । दक्षिण अफ्रीकाको बेसिक एजुकेशन डिपार्टमेन्टका अनुसार अघिल्लो वर्ष उमेर नपुग्दै २० हजार युवति गर्भवती भएकी थिइन् । उनीहरुमध्ये केही प्राइमरी स्कुलमा अध्ययनरत बालिका पनि थिइन् । photo google

शीर्ष समाचार

धेरै पढिएको