January 20, 2021, Wednesday
२०७७ माघ ८, बिहीबार

नेपाल रेडक्रस सोसाइटीका पूर्वअध्यक्ष थापाविरुद्ध सिआइबीमा मुद्दा

  • 3
    Shares

काठमाडौं, नेपाल रेडक्रस सोसाइटीले पूर्वअध्यक्ष संजीवथापाविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) मा मुद्दा दर्ता गराएको छ । चिनियाँ रेडक्रसको सहयोगमा भक्तपुरको दुधपाटीमा केन्द्रीय गोदाम घर निर्माण गर्न खरिद गरिएको ५ रोपनी १३ आना ३ पैसा (९३ आना ३ पैसा) जग्गामा ठूलो आर्थिक हिनामिना भएको छानविनको निष्कर्षपछि थापाविरुद्ध सिआइबीमा मुद्दा दायर भएको हो ।

थापासँगै जग्गा दलालीमा संलग्न भक्तपुर नगरपालिका वडा नम्बर ४ निवासी राजेश देशेमरु विरुद्ध समेत मुद्दा दर्ता गरेको छ । थापा नेतृत्वको कार्यसमिति भ्रष्टाचारमा संलग्न भएको देखिएपछि गत साउन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई बर्खास्त गर्दै डा. नेत्र तिमिल्सिनाको संयोजकत्वमा ३३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको थियो ।

यो कार्य समितिले जग्गाको यथार्थ विवरण पत्ता लगाउन सहकोषाध्यक्ष होमप्रसाद पाठकको संयोजकत्वमा छानविन समिति बनाएको थियो । समितिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट अनुमति लिएर अमिन लगेर जग्गाको नापजाँच गरेको थियो ।

छानविन समिति संयोजक एवं रेडक्रस सोसाइटीका सह–कोषाध्यक्ष पाठकका अनुसार अमिन लगेर जग्गाको नापजाँच गर्दा ६ आना ३ दाम कम भेटियो । भन्छन्, ‘जग्गा नै कम भेटिएपछि यही मंसिर २६ गते गृह मन्त्रालयमार्फत सिआइबीमा ठगी मुद्दा दर्ता गराएको छौं ।’ थापा नेतृत्वको कार्य समितिले ६ करोड ३२ लाख ८१ हजार २ सय ५० रुपैयाामा उक्त जग्गा खरिद गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको छानविनमा देशेमरुले जग्गा खोजि दिए वापत कमिसन मात्र एक करोड ९२ लाख रुपैयाँ लिएको बयान दिएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले समेत एक वर्ष अघि नै थापा बिरुद्ध सिआइबीमा ठगी मुद्दा दर्ता गरेको थियो । तर, सिआइबीले ठगी प्रमाणित नभएको भन्दै तामेलीमा राखेको थियो ।सभार रातोपाटी

शीर्ष समाचार

धेरै पढिएको