
दुई पाँग्रे सवारी साधनमा जोर बिजोर प्रणाली लागू नहुने नेपाल प्रहरीले जनाएको हो सरकारले लकडाउन सहज पर्ने निर्णय गरेसंगै सर्वसाधानणमा दुविधा पैदा भएको बेला नेपाल प्रहरीका प्रवक्ता निरज बहादुर शाहीले दुई पाँग्रे सवारी साधानमा जोर विजोर प्रणाली लागू नहुने बताएका हुन् ।बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दे सरकारका प्रवक्ता डा. युवराज खतिवडाले निजी सवारी साधानहरु संञ्चालन गर्ने दिने निर्णय गरेका थिए ।
सरकारले साइकल र मोटरसाइकलमा एक जना चालक मात्र रहने गरी चलाउन दिने निर्णय गरेको थियो । अन्य निजी सवारी साधानमा भने चालक सहित तीन जनासम्म सवार हुने गरी जोर बिजोरका संञ्चान गर्ने दिने निर्णय गरेको थियो ।






