January 24, 2021, Sunday
२०७७ माघ ११, आईतवार

बिरगंजमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम समापन

  • 51
    Shares

बिरगंज, बिरगंजमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान कार्यक्रम आज समापन भएको छ । समुदाय – प्रहरी साझेदारी अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा कुम्हालटाेलकाे आयाेजनामा बिरगंज महानगरपालिका-५ स्थित मुनलाईट इ.बो. स्कुलकाे प्राङगणमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान समापन कार्यक्रम सम्पन्न भएको हो ।

सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीको सभापतित्वमा र जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तकाे प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा बिशिस्ट अतिथिमा वडा न.५ का वडा अध्यक्ष प्रदिप चौरसिया, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक राजेश राज पुरी, सानो पाईलाका सिईओ कन्चन झा, सनलाईट ई. बो. स्कुलका प्रिन्सिपल आलोक चौरसिया, मुनलाईट ई. बो. स्कुलका प्रिन्सिपल श्याम केसि, कन्चनजंगा ई. बो. स्कुलका डाईरेक्टर मार्टिन मोक्तान, मेरिगोल्ड ई. बो. स्कुलका भाईस प्रिन्सिपल अनमोल कोईराला, ने. रा. मा. बि. का शिक्षक राजकिशोर साह, नेपाल पत्रकार महासघ पर्साका सचिव युवराज खडका, राष्ट्रिय युवा संघ पर्साका सदस्य भुपेन्द्र साह, सञ्चारकर्मी अजित कुमार भुजेल, मन्सुर खान, संतोषमान रन्जितकार, जाकिर हुसेन, अखलेश साह, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यहि मंसिर १५ गते गरिएकाे लैङ्गिक हिंसा सम्बन्धि निबन्ध प्रतियाेगितामा बिजयी छात्र/छात्राहरू र उक्त कार्यक्रममा प्रत्क्षय तथा अप्रत्क्षय रुपमा सहयाेग गरेका संघसंस्था, सञ्चारकर्मी र केही सहयाेगी हातहरूलाई सम्मानपत्र, कदर पत्र र मायाकाे चिनाे दिई प्रोत्साहन गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको