केही समय बन्द रहेको म्यासेन्जर पुनः सुचारु
- hamro_kantipur
- २०७७ मंसिर २५

काठमाडौं, विश्वभर सामाजिक सन्जाल कम्पनी फेसबुकको म्यासेन्जरमा देखिएको समस्या समाधान हाल भएको छ । बिहीबार अपराह्न सवा तीन बजेदेखि आएको सो समस्या अहिले केही समय अगाडि समाधान भएको हो ।
म्यासेन्जरमा च्याट तथा कल नहुने समस्या देखिएको थियो । अहिले सो समस्या हल भइसकेको छ । म्यासेन्जरमा सो समस्या कसरी उत्पन्न भयो भनेर फेसबुकले अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन् ।
ट्रयाकिङ्ग वेवसाईट डाउन डिटेक्टरमा हालसम्म म्यासेन्जरको समस्यालाई लिएर २ हजार बढी प्रयोगकर्ताले गुनासो गरेका छन् ।
प्रतिकृया दिनुहोस्