January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

  • 10
    Shares

काठमाडौं, ७२ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आज विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँँदैछ ।मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ ।

राष्ट्रिय मानव अधिकार आयोगले उल्लंघनका घटना बढ्दै गएको बताएको छ । शान्ति प्रक्रियाका बाँकी काम पुरा हुन नसक्दा नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको छ ।

विगत दशवर्षे सशस्त्र युद्धको समयमा ठूलो संख्यामा हत्या, हिंसा तथा अपहरणजस्ता मानव अधिकार हननका घटनाहरु भएका थिए ।

युद्धका घाउमा मल्हम लगाउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन गरिए पनि कामले गति लिन सकेको छैन ।

राष्ट्रिय मानव अधिकार आयोगले हालै २०५७ सालदेखि ७७ सालसम्म भएका मानव अधिकार उल्लंघनका घटना सार्वजनिक गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको