January 25, 2021, Monday
२०७७ माघ १२, सोमबार

सिद्धबाबालाई थुनामै राख्न उच्च अदालतको आदेश

  • 18
    Shares

विराटनगर, आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा अर्थात् कृष्णदास गिरीलाई थुनामै राख्ने उच्च अदालत विराटनगरले आदेश दिएको छ ।

कृष्णदासको मिसिल आइनपुगेका कारण न्यायाधीश यमुना भट्टराई र राजन भट्टराईको संयुक्त इजलासले बुधबार तत्काल पुरानै आदेशलाई निरन्तरता दिन आदेश गरेको हो । 

उच्च अदालतले हिजो बुधवारको पेसीमा कृष्णदासको सक्कल मिसिल देखाउन जिल्ला अदालतलाई पत्राचार गरेको थियो । तर, मिसिल सर्वोच्च अदालतमा गएका कारण पेस हुन नसकेपछि तत्कालका लागि पुरानै आदेशलाई निरन्तरता दिन भनेको हो ।

सक्कल मिसिल प्राप्त भएपछि अर्को पेसीमा सुनुवाइ गरेर उच्च अदालतले कृष्णदासको पुनः बकपत्र गराउने वा पहिलेकै सदर गराउने भन्ने विषयमा जिल्ला अदालतलाई आदेश गर्नेछ । जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सोमबार नै कृष्णदासलाई सफाइसहितको आदेश गरिसकेकाले उच्च अदालतले बकपत्रबारे गर्ने आदेशको कुनै अर्थ नहुने कानुन व्यवसायीहरू बताउँछन् ।

सुनसरीको झुम्का कारागारमा पुर्पक्षका लागि बन्दी रहेका कृष्णदास अदालतले सफाइ दिएपछि चतारास्थित आश्रम गइसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको