
क्वालालम्पुर मलेसिया – मलेसियामा कार्यरत नेपालीहरुलाई नेपाल फर्काउने उद्दार कार्य सोमबार देखि सुरु हुने भएको छ। नेपाली दूतावास क्वालालम्पुर मलेसियाले एक सुचना जारी गर्दै स्वदेश फर्काउने प्रक्रिया सुरु भएको जनाएकाे छ । पहिलो चरणमा ४ वटा चार्टर्ड उडान मार्फत जुन महिनाको १५ तारिखदेखि १८,२० र २१ तारिखको दिन उद्वार गरिने मलेसियाकालागि नेपाली राजदुत उदयराज पाण्डेले बताउएका छन् ।
दूतावासले जनाए अनुसार हवाई टिकटको मुल्य अमेरिकी डलर ५ सय २० , मलेसियन रिंगेट करिब २ हजार २ सय २० आरएम , नेपाली रुपैयाँ ६२ हजार बढि नेपाल् सरकारकै निर्णयमा तोकिएको हो। मलेसियन सरकारले मलेसियामा पहिलैदेखी अबैधानिक रुपमा रहेर काम गरिरहेकोहरु लाई फर्काउन कुनै कदम चालेको छैन , खोलेको छैन । त्यसैले दूतावासको प्राथमिकतामा परेका नेपालीहरु मात्रै नेपाल एयरलाईन्स र हिमालयन एयरलाईन्सको टिकट किनेर स्वदेश फर्किन पाउनेछ्न । प्राथमिकताको सुची दूतावासले उडान अनुसार क्रमशः रुपमा वेबपेजमा समेत प्रकाशन गर्ने जनाएकाछ्न। फर्कन चाहने नेपालीहरुले दूतावासले आफ्नो वेबपेजमा जारी गरेको फारम भर्नु पर्ने बताएका छ्न। फर्कन चाहने यात्रुको कोरोना भाइरस ( कोभिड -19 ) को परिक्षण गरिएको नेगेटिभ रिपोर्ट अनिवार्य साथमा हुनुपर्नेछ्न।
परिक्षण आफू बसोबास गर्ने नजिकैको क्लिनिक अथवा अस्पतालमा गएर गर्न सकिने बताएका छ्न। त्यस बापतको लाग्ने खर्च , हवाई टिकट खर्च , होटल क्वारेन्टाइनमा बस्दा लाग्ने खर्च , लगायत स्थानीय तहमा जानको लागी लाग्ने यातायात खर्च पनि स्वयंम नेपाल जाने व्यक्ति आफैंले ब्यहोर्नुपर्नेछ । यता नेपाल सरकारले तोकेको टिकटको मुल्य धेरै महङ्गो भयो भनेर स्वदेश फर्किने नेपालीहरुले समाजिक संजाल मार्फत तिब्र बिरोध जनाइरहेको छ।
फर्कने नेपालीहरु भन्छ्न उद्दार गर्छु भन्ने र ७,८ सय पर्ने टिकटको मुल्य २२ सय सम्म लिने ? यस्तो नि उद्दार हुन्छन् भन्दै सरकार माथी आक्रोश पोखिरहेको छ। करिब ३ महिनादेखि लकडाउनको कारण अलपत्र अवस्थामा बसेर खानपिनको समेत समस्या झेल्दै बसिरहेको बेला , कसरी ? कहाँ बाट २२ सय मुल्य पर्ने टिकट किन्ने ? फर्कने नेपालीहरुले सरकारसंग प्रश्न गरिरहेको छ।





