January 21, 2021, Thursday
२०७७ माघ ९, शुक्रबार

काेराेनाबाट मृत्यु हुनेकाे संख्या १६३७ पुघ्याे,आज मात्रै २३ जनाकाे मृत्यु

  • 16
    Shares

काठमाडौं – नेपालमा हालसम्म १ हजार ६३७ जना काेराेना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ जनाकाे मृत्यु भएको हाे । याे समेत गरि कुल मृत्युु संख्या १६३७ जना पुगेकाे छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा एक हजार ३८२ जना सङ्क्रमित थपिएका छन् । याे सँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ । अाठ हजार ९४७ जनाको आरटी पीसीआर नमूनाको परीक्षण १ हजार ३८२ जनामा संक्रमित पुष्टि हो ।

हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको छ । हाल १२ हजार ६८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल ५२३ जना क्वारेन्टाइनमा रहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको