April 16, 2024, Tuesday
२०८१ बैशाख ४, मंगलवार

कोरोना महामारीमा विमानस्थलबाट भिजिट भिसामा मानव तस्करी

काठमाडौं, कोरोना महामारीको बेला अन्तर्राष्ट्रिय विमानस्थलबाट मानवतस्करी भइरहेको खुलेको छ । अध्यागमनका कर्मचारीसँगको सेटिङमा भिजिट भिसामा मानव तस्करी भइरहेको छ ।

गृह मन्त्रालयले समेत यस विषयमा छानबिन थालेको छ । अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै भिजिट भिसाबाट खाडी देशमा ठूलो संख्यामा युवा–युवतीहरु गएको र यसमा सेटिङ रहेको सूचनाका आधारमा मन्त्रालयले छानबिन थालेको हो । छानबिन थालेपछि दैनिक रुपमा ठूलो संख्यामा भिजिट भिसामा विदेश जान लागेकालाई अफलोड गर्न थालिएको छ । शनिबार राती मात्र ८० भन्दा धेरैलाई फकाईएको छ ।

अध्यागमन कर्मचारीको मिलेमेताको आशंकामा गृह मन्त्रालयले उपसचिव रुद्र पण्डितको संयोजकत्वमा एक समिति गठन गरेको छ । खासगरी रातीको उडानमार्फत ठूलो संख्यामा नेपाली युवा युवतीहरु भिजिट भिसामा यूएई र कतार गएको प्रारम्भिक छानबिनमा देखिएको छ । केही कर्मचारीलाई विमानस्थलबाट हटाइएको छ । यसमा विमानस्थलस्थित अध्यागमन प्रमुख गौलोचन सैजुमाथि समेत आशंका गरिएको छ । उनले भने कुनै कर्मचारीको गल्ती देखिए कारबाही गर्ने बताएका छन् ।

भिजिट भिसाकै विषयलाई लिएर विमानस्थलमा अध्यागमन र प्रहरीबीच समेत विवाद भएको स्रोत बताउँछ । छानबिन समितिले अन्तर्राष्ट्रिय उडान खुलेपछि भिजिट भिसामा विदेश गएका नेपालीहरुको सबै विवरण संकलन गरिसकेको छ । खासगरी दुबईमा ठूलो संख्यामा नेपालीहरु गएका छन् । दुबईमा कामदारको माग हुन थालेकाले भिजिट भिसामा सेटिङ मिलाएर लैजान थालिएको छ । यसमा केही मेनपावार कम्पनीको समेत मिलेमतो देखिएको छ । श्रम स्वीकृति लिएर पठाउँदा लामो समय लाग्ने भएकाले उनीहरुले अध्यागमनमा सेटिङ मिलाएका हुन् । त्यस्ता मेनपावरमा बैदेशिक रोजगार विभागले समेत शुक्रबार छापा हानेको छ ।

कोरोनाको बेला यतातर्फ कसैको ध्यान नजाने भएकाले कर्मचारी मिलेको आशंका गरिएको छ । रात्री डेस्कमा बस्ने सबैजसो कर्मचारीलाई सेटिङ मिलाउने गरिएको स्रोत बताउँछ । एक व्यक्तिवापत एक लाख रुपैैयाँसम्म लेनदेन हुने गरेको पाइएको छ । स्रोतका अनुसार नेपाल वायुसेवाका कर्मचारीसँगको सेटिङमा भिजिट भिषाबाट दुबई जाने संख्या ठूलो छ । सभार दृष्टि

शीर्ष समाचार

धेरै पढिएको