January 17, 2021, Sunday
२०७७ माघ ४, आईतवार

गरिब तथा बिपन्न परिवारका छोरीको बिवाहका लागि अत्यावश्यक भाडाकुडा वितरण

  • 116
    Shares

बिरगंज, बिरगंजमा गरिब तथा अति विपन्न परिवारका छोरीको बिवाहका लागि अति-आवश्यक भाडाकुडा वितरण गरिएको छ । समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया-२ बिरगंज पर्साको आयोजनामा तथा अलमन्सुर फाउन्डेसनको पहलमा गरिब, अति विपन्न परिवारहरुलाई भाडाकुडा बितरण गरिएको थियो ।

आज जिल्ला पर्सा बी.म.न.पा. २ छपकैया घुसुकपुरमा जिल्ला पर्सा पर्सागढी न.पा-५ पचरुखी बहुअर्वा बस्ने ओलायत मिया धोबी, बि.म.न.पा.३ बस्ने नमदिन हवारी र भारतको बिहार घर भई थाना रक्सौल ग्राम नुनियाडिह खेसरिया बस्ने तैयब राय समेतका छोरीहरुको बिवाहका लागि आवश्यक भाडाकुडा लगायत सम्पुर्ण भान्साका सामाग्री वितरण गरीएको सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईले जानकारी गराएका छन् ।

सामुदायिक सेवा केन्द्र छपकैयाका अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षतामा र वडा प्रहरी कार्यालय बिर्ताका कार्यालय प्रमुख प्रहरी निरीक्षक राजेशराज पुरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा अल-मंसुर फाउन्डेशनको जिल्ला अध्यक्ष जेयाउल हक समानी, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरि सेवा छपकैया-२ का ईन्चार्ज प्र.स.नि.रामेश्वर प्रसाद यादव, प्र.ह. देवेन्द्र कुमार पटेल, प्र.ज. राजु प्रसाद मण्डल, राईजिङ्ग वीरगंज नेपालका आरजु खान, ई. शेख आबिद अलि, एमामुल हक, आरजु ठकुराई, नबिदिन हवारी, साबिर मल्लिक, रोशन शर्मा, सन्दिप सरार्फ, स्थानिय भद्र भलादमी बुद्धिजिबिहरुको सहभागीता रहेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको