January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

वरिष्ठ गायक जगतमर्दन थापाको ८५ वर्षको उमेरमा निधन

  • 3
    Shares

काठमाडौं, नेपाली आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । उनको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर २० मिनेटमा निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ्य रहेका थापाको एक महिनाभन्दा अघिदेखि नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

८५ वर्षका थापालाई कोरोना भाइरसको सङ्क्रमण पनि देखिएको थियो । तर कोरोनामुक्त भइसकेपछि उनलाई स्वास्थ्यमा समस्या देखिएको थियो । छातीमा समस्या बढेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको