January 18, 2021, Monday
२०७७ माघ ५, सोमबार

परराष्ट्र नीति: सिमा सुरक्षा, सहयोग र आर्थिक कुटनीति चुनौती

  • 2
    Shares

काठमाडौं, सरकारले परराष्ट्र नीति सार्वजनिक गरेको छ । सरकारले पहिलोपटक एकीकृत परराष्ट्र नीतिको दस्तावेज सार्वजनिक गरेको हो ।

संस्थागत संरचनाको सुदृढीकरण कसरी गर्ने भन्ने रणनीति तय गर्नुको साथै दुईपक्षीय र बहुपक्षीय आर्थिक रणनीति तय गर्ने विषय समेटिएको छ ।
वर्तमान सरकारले परराष्ट्र नीतिमा ध्यान नदिदा छिमेकी र मित्रराष्ट्रहरुसँगको सम्बन्ध बिग्रिएको आरोप लागेका बेला परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आइतबार मन्त्रालयमै पत्रकार सम्मेलन गरी परराष्ट्र नीति सार्वजनिक गरेका हुन् ।

संविधान जारी भएर नयाँ सरकार बनेको अवस्थामा मुलुक स्थिरतातर्फ गइरहेको कुरालाई समेट्नुपर्ने भएकाले परराष्ट्र नीति ल्याएको मन्त्री ज्ञवालीले बताएका छन् । परराष्ट्र नीतिका चुनौतीमा अन्तर्राष्ट्रिय सीमा सुरक्षा, अन्तर्राष्ट्रिय सहयोग राष्ट्रहितमा छ कि छैन भन्ने दृष्टिकोण र आर्थिक कूटनीति रहेको ज्ञवालीले बताए ।

शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न गर्नु, सबै मुलुकसँग कूटनीतिक सम्बन्ध राम्रो हुनु सकारात्मक पक्ष रहेको भन्दै तिनै कुरा परराष्ट्र नीतिमा समेटिएको मन्त्री ज्ञवालीले जानकारी दिए । त्यसैगरी संस्थागत संरचनाको सुदृढीकरण कसरी गर्ने भन्ने रणनीति तय गरिनुका साथै दुईपक्षीय र बहुपक्षीय आर्थिक रणनीति तय गर्ने विषय पनि समेटिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको